‘राजा आऊ देश बचाऊ’ भन्दै धनगढीमा प्रदर्शन

सुदूर प्रेस संवाददाता

 धनगढी–हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका माग राख्दै राजा समर्थकहरूले अहिले  धनगढीमा प्रदर्शन गरी रहेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा  अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट-याली सुरु भएको हो । उनीहरूले राजा आऊ देश बचाउ लगायतका नारा लगाइरहेका छन् ।  हिन्दु राष्ट्र पुनर्स्थापना, सङ्घीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना लगायतका माग राखेर प्रदर्शन गरिएको आयोजक संस्थाका संयोजक डब्बु कार्कीले बताए । -यालीअत्तरिया पुगेर पुनः धनगढी फर्कने र ट्राफिक चौराहामा कोण सभा हुने छ ।

प्रकाशित:
2020/11/19, 1:20