नेपालमा कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु,१९ सय ४५ जनामा संक्रमण पुष्टि

सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेपालमा आज थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।   पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

प्रकाशित:
2020/11/20, 4:21