धनगढी–कैलाली जनपुस्तकालयका अध्यक्ष तथा पत्रकार डा. टी एन जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या आए पछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पोजेटिभ देखिएको जोशीले बताए । सङ्क्रमण पछि जोशी होम आइसोलेसनमा बसेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जोशीले सामाजिक काममा संलग्न रहँदै गर्दा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू सङ्क्रमित भएको र केही समय यता आफ्नो सम्पर्कमा रहेकालाई सचेत रहन र स्वास्थ्य जाँच गर्न आग्रह गरेका छन् ।
आजको मिति