सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई कोरोना सङ्क्रमण पुष्टि

durga

धनगढी–सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी लाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर १ गते देखि आफूलाई सन्चो नभएको र परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको जोशीले बताएका छन् । जोशी १ गते देखिनै होम आइसोलेसनमा छन् । १ र २ गते स्वास्थ्यमा केही समस्या रहेको भए पनि अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जोशीले सुदूर प्रेस लाई बताए । उनले आफ्नो सम्पर्कमा रहेका हरूलाई स्वास्थ्य जाँच गराइ आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन् । 

प्रकाशित:
2020/11/21, 7:16