सुदूरपश्चिममा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि,१४ जना अस्पतालबाट डिस्चार्ज

७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार हुँदै
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमल बजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २५ जनाको परीक्षण गर्दा थप ६४ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

आज १४ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको परीक्षण गर्दा  ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १÷१ जनामा सङ्क्रमण देखिएको बताए । 

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा सङ्क्रमण देखिएको छ भने ठेगाना नखुलेका १ जनामा पनि कोरोना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका १ जनामा  पनि सङ्क्रमण पुष्टि भएको छ ।  

उता बझाङ प्रयोगशालामा ९९ जनाको परीक्षण गर्दा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

डडेलधुरा अस्पताल प्रयोगशालामा २७ जनाको परीक्षण गर्दा ४ र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा १४ जनाको परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय ३१ पुगेको छ ।  सङ्क्रमण पुष्टि भएका मध्ये ८ हजार ८ सय ७५ सय जनाले कोरोना जितेका छन् ।

१ हजार ८ सय २० जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये ७२ जना अस्पतालमा भर्ना भएका छन् भने अरू घरमै कोरोना सँग लडिरहेका छन् ।

७ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सम्म प्रदेश भरी ३६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

 

प्रकाशित:
2020/11/21, 7:56