भीम रावल भन्छन्–नेकपा माटोको हाँडी होइन फुट्दैन

Bhim rawal
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा कुनै एक व्यक्तिले चाहेर मात्रै फुट्ने पार्टी नभएको जिकिर गरेका छन् । 

प्रेस सङ्गठन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले कसै एक व्यक्तिले भनेको आधारमा पार्टी फुट्ने नेकपा माटोको हाँडी नभएको बताएका हुन् ।

प्रक्रिया विना नै पार्टी फुट्छ भन्नु नै गलत कुरा भएको नेता रावलले बताए । कसैको व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउन नपाइनेमा उनको जोड छ ।

रावलले पार्टीका दुई अध्यक्षले अन्य नेताहरूलाई बेवास्ता गरेर अगाडी बढ्न नहुनेमा समेत जोड दिए ।

पार्टीभित्रको अन्तर्विरोधलाई लिएर अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नो कुरा मात्रै अगाडि सार्न नहुने भन्दै सबैका कुराहरू सुनुवाइ हुनुपर्ने उनको भनाइ छ ।

पार्टीको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावलले यसअघि आफूहरूले पार्टीलाई दिएको सुझावलाई नजर अन्दाज गर्न नहुने बताए ।

 

प्रकाशित:
2020/11/22, 4:53