सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशका चार वटा प्रयोगशालामा ३ सय ११ जनाको परीक्षण गरिएकोमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

आज सबैभन्दा बढी सेती प्रादेशिक अस्पताल प्रयोगशालामा  २२० जनाको परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १र१ जनामा सङ्क्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३र३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा सङ्क्रमण देखिएको छ । कञ्चनपुरको महाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका १र१ जना र बैतडीका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

आज बैतडी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा ५ जनामा सङ्क्रमण देखिएको छ ।

बझाङमा १३ जनाको परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अछाम कमल बजारमा ३ जनाको परीक्षण गरिएकोमा १ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

यो सँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १० हजार ७६२ पुगेको छ । उनीहरू मध्ये ८ हजार ९५७ जना निको भइसकेका छन् । 

प्रकाशित:
2020/11/22, 5:37