धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका–२ निवासी बम लाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो ।

बम पतञ्जलि योग समिति कैलालीका युवा प्रभारी तथा धनगढीमा रहेको सञ्जीवनी मोबाइल ग्यालरीका प्रोप्राइटर पनि हुन । बम अहिले होम आइसोलेसनमा बसेका छन् । सुदूर प्रेस सँग कुरा गर्दै योग गुरु बमले सामान्य ज्वरो र खोकी लागेको बताएका छन् ।

योग गुरु बम  धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बमका छोरा हुन ।

अध्यक्ष बम लाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जनालाई  लाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो । उनी पनि अहिले होम आइसोलेसनमा बसेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् । 

प्रकाशित:
2020/11/22, 8:19