आठ महिना देखि बन्द विद्यालय सञ्चालन गर्न धनगढी उपमहानगरपालिकाको निर्देशन

school

फाइल तस्बिर

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिकाले सरकारबाट जारी भएको स्वास्थ्य सम्बन्धी विभिन्न विधिहरू अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न  निर्देशन जारी गरेको छ ।

कोरोना सङ्क्रमणका कारण  गएको वर्ष चैत्र देखि बन्द भएका विद्यालयहरू खोल्ने जिम्मा सङ्घीय सरकारले स्थानीयतह लाई दिएपछि धनगढी उपमहानगरले यस्तो निर्णय गरेको हो ।

सरोकारवालाहरू सँगको व्यापक छलफल र परामर्श पछि यस्तो निर्णय गरेको उपमहानगरले बताएको छ ।

कतिपय विद्यालय खुली सकेका छन् । विद्यालय खुल्न थाले पछि नानी बाबु हरूलाई स्कुल पठाउने कि नपठाउने भनेर अभिभावकमा अन्यौलता छाएको छ ।

हेर्नुहोस् उपमहानगरले जारी गरेको निर्देशन

प्रकाशित:
२०७७ मंसिर , ११:०२
SPA
KN
Priya Gahana Pasal