धनगढीमा गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २५५ जनाको परीक्षण गर्दा थप ३७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

आज धनगढी उपमहानगरपालिकाका २५ जनामा सङ्क्रमण देखिएको छ ।  धनगढीको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४र४ जना, वडा नम्बर ८ का २ जना, त्यसै गरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १र१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ । 

कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २र२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोरोना  पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेलधुराको परशुराम नगरपालिकाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

No photo description available.

प्रकाशित:
2020/11/23, 5:06