डोटीको छतिवन स्वास्थ्य चौकीमा कार्यरत अहेब जोशी लाई कोरोना सङ्क्रमण पुष्टि

Corona Update

धनगढी–कोरोना विरुद्धको मोर्चामा अग्र पङ्क्तिमा खटिएका डोटीको जोरायल गाउँपालिका–२ स्थित छतिवन स्वास्थ्य चौकीमा कार्यरत अहेब लक्ष्मी प्रसाद जोशी लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सङ्क्रमण पुष्टि भएको जोशीले बताए ।

उनी अहिले होम आइसोलेसनमा छन् । केही दिन अघि ज्वरो आउने टाउको र शरीर दुख्ने समस्या देखिए पछि उनी बिदा लिएर घर आएका थिए ।

घरेलु औषधि खाँदा पनि सन्चो नभएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए ।

अहिले ज्वरो र शरीर दुख्न कम भए पनि रुघा खोकी लागी रहेको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जोशीले  भनेका छन्–

कोरोना विरुद्धको मोर्चामा खटिँदै गर्दा म आफै कोरोना बाट सङ्क्रमित भएको छु, हाल सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउन चाहन्छु ।

यस बिच मेरो प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्ण मित्रहरूलाई विशेष सावधानी अपनाउनु हुन समेत हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित:
2020/11/23, 7:48