१३ दिनको शिशुसहित डडेलधुरामा भीरबाट लडेर महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–१३ दिनको शिशुसहित डडेलधुरामा भीरबाट लडेर महिलाको मृत्यु भएको छ । 

नवदुर्गा गाउँपालिका–२ मणि लेकको ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

काम विशेषले अर्को गाउँ जाने क्रममा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 

प्रकाशित:
2020/11/24, 5:57