सुदूरपश्चिममा मङ्गलवार २९ जनामा सङ्क्रमण, ७७ जना निको भएर अस्पतालबाट घर फर्किए 

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ७७ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५२ जनाको परीक्षण गर्दा थप २९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५ जनाको परीक्षण गर्दा  २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै डडेलधुरा अस्पताल प्रयोगशालामा ३६ जनाको परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएपछि कमल बजार नगरपालिकाको प्रयोगशालामा परीक्षण गरिएका ११ जनाकै रिपोट नेगेटिभ आएको छ । 

सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मङ्गलवार धनगढी उपमहानगरपालिकाका १७ जनामा सङ्क्रमण देखिएको जानकारी दिए। धनगढीको वडा नम्बर १ का ६ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर २ र ४ का २र२ जना, यस्तै वडा नम्बर ३ ,१२ र वडा नखुलेका १र१ जनामा सङ्क्रमण देखिएको हो।

कैलालीकै लम्किचुहा नगरपालिका नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका र गोदावरी नगरपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका २ जना  र लाल झाडी गाउँपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ८ सय ४६ पुगेको छ। प्रदेशभर सङ्क्रमण पुष्टि भएका ९ हजार १ सय २४ जना सङ्क्रमण मुक्त भएका छन् । १ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित छन् । हाल सम्म कोरोनाका कारण ३६  जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

 

प्रकाशित:
2020/11/24, 9:19