कैलालीको  चौमालामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

Accident
फाइल तस्बिर

धनगढी–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कैलालीको  चौमालामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गए राती १ जनाको मृत्यु भएको छ । 

गौरीगंगा नगरपालिकाको चौमालामा मङ्गलवार राती करिब १० बजे मिनेटमा  ना ३ ख ५९४२ नम्बरको ट्रकले सुप प्र ०१०० नप ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राती साढे १० बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय प्रेम चौधरी घाइते भएका छन्। उनको सेती अस्पतालमा उपचार भइरहेको छ । 

ट्रक र चालक, कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का ४१ वर्षीय पुष्कर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/11/25, 8:20