कोरोना संक्रमणबाट बुधबार २८ जनाको मृत्यु, थप १ हजार ९४८ जनामा संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार  कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।
यस्तै थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।  

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।

प्रकाशित:
2020/11/25, 5:11