धनगढीमा अवैध सामान सहित तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ

भन्सार छली ल्याइएको ढाइ लाखको सामान बरामद
pakrau
अवैध सामान सहित पक्राउ परेका राजीव गुप्ता । तस्बिर सौजन्य– जिप्रका कैलाली
सुदूर प्रेस संवाददाता

धनगढी–भारतबाट भन्सार छली ल्याइएको अवैध सामान सहित प्रहरीले धनगढीबाट एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

धनगढी उप–महानगरपालिका–४ मा डेरा गरी बस्ने राजीव गुप्तालाई विभिन्न सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।  

अवैध रुममा भारत बाट भन्सार चोरी पैठारी गरी लुगा कपडाहरू ल्याई  राखेको छ भन्ने सूचनाको आधारमा उनको कोठा खान तलासी गरी  कोठामा राखेको अवस्थामा सुट पिस २०३, प्लाजु ३६ पिस, कुर्ती ७२ पिस, माछा मार्ने जाली ३ पिस गरी १ लाख ४४ हजार ९ सय बराबरको सामान बरामद गरिएको  उनले बताए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर –२ मा  बच्चाको मोजा अन्य किराना समान गरी २८ हजार ८ सय  बराबरको समान बरामद गरी १ लाख ७३  हजार ७ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । त्यहाँ तस्कर लाई भने प्रहरीले समात्न सकेन ।

बरामद गरिएको सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको छ । 

यस्तै भजनी नगरपालिका–३ बाट किराना समान र मोटर साइकलको पार्टपुर्जा गरी  ७७ हजार २ सय १० मूल्य बराबरको समान बरामद गरी आज सत्ती भन्सार कार्यालय  कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ । त्यहाँ पनि तस्कर लाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।  

बरामद गरिएको सामान

 

प्रकाशित:
2020/11/25, 6:53