कैलालीमा  हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ

सुदूर प्रेस संवाददाता

धनगढी–लैङ्गिक लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधवार बाट सुरु भएको छ । धनगढी उप–महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरियो । 

उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र अन्य सहभागीहरूलाई सेतो रिबनको लैङ्गिक हिंसा विरुद्धको लागो पहिराइएको थियो ।

अभियानको उद्घाटनमा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले यस वर्ष कोभिड १९ को महामारीका कारण भिड जम्मा गरेर कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आ–आफ्नो स्थानबाट सुरक्षित रहँदै कार्यक्रम गरेर १६ दिने अभियानलाई सार्थक बनाउन अनुरोध गरे । 

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा मनाउँदै आइएको बताईन  । यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि मनाइँदै छ उप–प्रमुख भट्टले भनिन्, ‘यसको अर्थ लिङ्गका आधारमा गरिने हिंसा न्यूनीकरण मात्रै होइन निवारण नै गरेर जानुपर्छ भन्ने हो ।’

कैलालीको भजनीमा पनि आज दिवसको शुभारम्भ गरिएको छ । दलित एकता महिला समाजको आयोजनामा भएको कार्यक्रममा पूर्व सांसद हरि श्रीपाइलि लगायत स्थानीय महिला अधिकारकर्मीको सहभागिता रहेको थियो । 

Image may contain: 1 person, standing and outdoor

 

प्रकाशित:
2020/11/25, 9:18