पूर्व युवराज पारस शाहको मुटुमा समस्या

parash
सुदूर प्रेस संवाददाता

चितवन–चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगीसहीत रहेका पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलिले होटलमै पुगेर उपचार गरेको छ । चितवन मेडिकल कलेजका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज रेग्मीको नेत्रित्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई रुममै राखेर उपचार गरेको हो । अहिले शाहाले केही सहज महसुस भएको बताएको र रुममै आराम गरिरहेको डा. रेग्मीले बताए । बढी समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने पनि रेग्मीले बताए ।

शाहमा मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएको अरु समस्या अहिले नदेखिएको रेग्मीको भनाइ छ । उनी अहिले गहिरो निन्द्रामा रहेकाले राति बढी समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने डा. रेग्मीले बताए । आफूहरु तयारी अवस्थामै रहिरहने डा. रेग्मीको भनाइ छ । होटलबाट चिकित्सकको टोली भने अहिले बाहिरिएको छ ।

प्रकाशित:
2020/11/25, 9:48