कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, १६ सय १४ जनामा संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेपालमा आज थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।


यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।

प्रकाशित:
2020/11/26, 4:34