काँग्रेस धनगढी नगर कार्यसमितिको बैठकले गर्‍यो यस्तो  निर्णय

सुदूर प्रेस संवाददाता

धनगढी–नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै बिपी स्मृति भवन धनगढीमा सम्पन्न भयको छ ।

बिहीबार सम्पन्न बैठकले आगामी १४ औँ महाधिवेशनको लागी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । त्यसका लागी उपमहानगरभित्रका १९ वटै वडा सभापति लाई नवीकरण फारम हस्तान्तरण गरिएको  र मङ्सिर  २५ गते भित्र नवीकरण गराई सक्नु पर्ने निर्देशन पनि दिइएको नेपाली काँग्रेस धनगढी उपमहानगरका नगर सचिव  यज्ञराज उपाध्यायले जानकारी दिए । 

नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाका सभापति तथा नगरप्रमुख नृप बहादुर वड को सभापतित्वमा भएको कार्यक्रममा  काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनु प्रमुख अतिथि रहेका थिए । 

Image may contain: 2 people, including Yagya Raj Upadhyay, people standing and beardImage may contain: one or more people, people sitting and indoorImage may contain: 1 person, indoor

प्रकाशित:
2020/11/27, 6:49