जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, दुई जना घाइते

फाइल तस्बिर

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

प्रकाशित:
2020/11/27, 12:40