कैलालीको अत्तरियामा जेसीज सप्ताह शुरु

jcj
सुदूर प्रेस संवाददाता

धनगढी–अत्तरिया जेसीज बर्स २०२०  र अत्तरिया जुनियर जेसीजको संयुक्त आयोजनामा  कैलालीको अत्तरियामा जेसीज सप्ताह शुरु भएको छ । 

जेसीज सप्ताह अन्तर्गत अनुभव आदानप्रदान तथा प्रशिक्षण , मंसिर १३ गते महिला मैत्रीपूर्ण फुटबल , १४ गते, स्लो साइकल , १५ गते रक्तदान कार्यक्रम , मंसिर १६ गते मानव सेवा आश्रम धनगढीलाई सहयोग ,  १७ गते बक्तित्वकला प्रतियोगिता र  १८ गते  पुरस्कार वितरण , सम्मान तथा  समापन कार्यक्रम रहेको अत्तरिया जेसीजका उपाध्यक्ष युवा नेता डण्डीराज जोशीले जानकारी दिए । 

Image may contain: 1 person, sitting and standing

अत्तरिया जेसीज वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  गोदावरी नगरपालिका का उपप्रमुख रत्ना कडायत प्रमुख अतिथि रहेकी थिइन ।

Image may contain: 2 people, people standing and indoor

यस्तै विशिष्ट अतिथि नेपाल मानव सेवा आश्रमका सञ्चालक रामजी  अधिकारी र अतिथि हरुमा अत्तरिया जेसीजका पूर्व अध्यक्ष कमल कडायत निवर्तमान अध्यक्ष गणेश शाह , गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल सहित विभिन्न विद्यालयका शिक्षक राजनीतिक पार्टीका युवा नेता हरुको सहभागिता थियो ।

कार्यक्रममा  अत्तरिया जेसीज जुनियर जेसीजका पदाधिकारीको पनि सहभागिता रहेको थियो ।

Image may contain: 2 people, people standing

समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य अत्तरिया जेसीजका कानुनी सल्लाहकार पदम ओझाले राखेका थिए । त्यस्तै साताव्यापी कार्यक्रम बारे जेसीज सप्ताहका मूल संयोजक अत्तरिया जेसीजका कार्यकारिणी उपाध्यक्ष कार्यक्रम मूल संयोजक प्रकाश मल्लले प्रकाश पारे ।

कार्यक्रमको सञ्चालन अत्तरिया जेसीजका उपाध्यक्ष युवा नेता डण्डीराज जोशीले गरेका थिए।   

प्रकाशित:
2020/11/28, 6:48