धनगढीमा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज  थप ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिवार २९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनका अनुसार टीकापुर नगरपालिकामा २९ जना कोरोना सङ्क्रमित थपिएका छन्। धनगढी उपमहानगरपालिकाका ११ जनामा सङ्क्रमण देखिएको छ । 

धनगढीको  वडा नम्बर ५ काक ५ जना, वडा नम्बर २ का २ जना, त्यस्तै वडा नम्बर ३, ८, १४ र वडा नखुलेका १÷१ जनामा सङ्क्रमण देखिएको छ।

त्यस्तै मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३र३ जना, यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २÷२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १र१ जनामा कोराना पुष्टि भएको छ।

यस्तै डडेलधुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जना, त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रकाशित:
2020/11/28, 3:34