कोरोना सङ्क्रमित वडा सदस्य लाई धनगढीबाट थप उपचारका लागी काठमाडौँ लगियो

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित वडा सदस्य लाई आज थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 

कोराना सङ्क्रमणबाट गम्भीर अवस्थामा रहेका भिमदत्त नगरपालिका–७ का वडा सदस्य  ४५ वर्षीय उत्तम बोहरालाई आज थप उपचारका लागी काठमाडौँ लगिएको हो ।

उनी ११ गते अस्पताल भर्ना भएका थिए । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएका उनलाई आज काठमाडौँ लगिएको हो । 

उनलाई काठमाडौँको टिचिङ अस्पतालमा भर्ना गरिएको आफन्तले बताएका छन् । 

प्रकाशित:
2020/11/28, 8:26