कोरोनाबाट २४ घण्टामा २५ जनाको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार  हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ । 

सोही अवधिमा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय ४ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ । हालसम्म पीसीआर विधिबाट १७ लाख २७ हजार ८३६ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ३२ रहेको छ ।

प्रकाशित:
2020/11/29, 6:22