धनगढी–महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा कैलालीमा फेरी एक बालीका बलात्कारको शिकार भएकी छिन ।
मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी डिएसपी प्रतीक विष्टले बताए ।
असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।