कैलालीको अत्तरियामा कार र टिप्पर ठोक्किँदा ४ जना घाइते, १ को अवस्था गम्भीर

Accident
सुदूर प्रेस संवाददाता

धनगढी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियामा टिप्पर  र जिप एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।

अत्तरिया स्थित सशस्त्र प्रहरी बलको बाहिनी अगाडी बा १४ च ७२७८ नम्बरको कार र से १ क १००२८ नम्बरको टिप्पर एक आपसमा ठोक्किँदा ४ जना घाइते भएको  प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आइरहेको टिप्पर ठोक्किँदा कार चालक काठमाडौँको शंकरापुरका ४१ वर्षीय विद्यमान श्रेष्ठ, काठमाडौँकै लैनचौर बस्ने ३६ वर्षीय विक्रम महर्जन, काभ्रेको बनेपा बस्ने ३२ वर्षीय हरी गोपाल श्रेष्ठ र वीर गन्जका २८ वर्षीय अविरन्द चौरसिया घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरू मध्ये चौरसियाको अवस्था गम्भीर छ। घाइतेहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। 

टिप्पर र चालक दिनेश भण्डारीलाई अत्तरिया प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित:
2020/12/01, 1:24