धनगढीकी कोरोना सङ्क्रमित महिलाको मृत्यु,सेनाद्वारा अनतेष्टि

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीकी एक  कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

धनगढीको सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत धनगढी–७ बस्ने ७४ बर्षिया महिलाको सोमबार राती ८.३० बजे मृत्यु भएको हो ।

मंसिर ५ गते उपचारका लागी अस्पताल आउँदा उनमा किट्नी र फोक्सोमा समस्या देखिएको थियो ।

त्यस क्रममा पिसिआर परीक्षण गर्दा ७ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । तेघरी स्थित भवानी दल गणबाट सहसेनानी नबल सिंह रोकायाको कमान्डमा खटिइएको टोलीले  धनगढी–७ को पटेला आर्यघाटमा सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  हिन्दु संस्कार अनुसार जलाएर अनतेष्टि गरेको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । 

यो सँगै सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

 

प्रकाशित:
2020/12/01, 8:54