टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 

टीकापुर नगरपालिका वडा नम्बर १ मा सोमबार राती  से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका–६ का ४६ वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए। 

चालक टीकापुर नगरपालिका १ बस्ने टेकबहादुर विष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित:
2020/12/02, 9:04