धनगढीमा गरिएको परीक्षणमा आज थप ४२ जनामा कोरोना सङ्क्रमण

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १० जनाको पिसिआर परीक्षण गरिएकोमा ४२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

सङ्क्रमित मध्ये ३४ जना कैलालीका छन् । त्यस्तै ७ जना सङ्क्रमित कञ्चनपुर र १ जना बाजुराका छन् । 

 

हेर्नुहोस् कहाँ–कहाँ थपिए संक्रमितः–

 

प्रकाशित:
2020/12/02, 12:59