कैलालीमा कोरोना सङ्क्रमणका कारण महिलाको मृत्यु,सेनाद्वारा अनतेष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गोदावरी नगरपालिका–१ चेतना टोलकी एक महिलाको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेकी ७० बर्षिया महिलाको मंगलबार मृत्यु भएको हो ।

उनमा अन्य कुनै रोग नरहेको र एक्कासि ज्वरो आएपछि मंगलबार पिसिआर परीक्षणका लागी स्वाब दिइएको थियो । 

त्यसै दिन बिहान ११.३० बजे उनको मृत्यु भए पनि त्यस दिन राती २ बजे मात्रै पिसिआर रिपोट पोजेटिभ आएको थियो ।  मृतक महिलाको आज अनतेष्टि गरिएको छ । 

तेघरी स्थित भवानी दल गणबाट सहसेनानी नबल सिंह रोकायाको कमान्डमा खटिइएको टोलीले गोदावरी आर्यघाटमा सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  हिन्दु संस्कार अनुसार जलाएर अनतेष्टि गरीएको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । 

यो सँगै सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 

 

 

 

प्रकाशित:
2020/12/02, 5:02