बैतडीको प्रहरी चौकीमा झडप

सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ । 

स्थानीय गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्काएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको हो । 

झडपमा परी पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

चौकीमा झडप गर्नेमध्ये ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए । 

प्रकाशित:
2020/12/02, 6:22