कञ्चनपुरमा अवैध मालसामान र माछा बरामद

tasakari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा अवैध रूपमा भन्सार छली ल्याइएको झन्डै १ लाख मूल्य बराबरको मालसामान र माछा सशस्त्र प्रहरीले बरामद गरेको छ । 

 भिमदत्त नगर पालिकाको  जिमुवा र महाकाली नगर पालिकाको  कन्चभोज सीमा इलाकामा गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको माछा, चिनी, युरिया मल, बिडी, चिया पत्ति, स्विट सुपारी, मैदा, पर्दा र माछा गरी ९६ हजार ९ सय मूल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा.शैलेश्वरी बाट सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन विष्ट, बि.ओ.पी. जिमुवा र बि.ओ.पी. दोधारा चाँदनीबाट खटी गएको संयुक्त सीमा तथा मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । 

बरामद गरिएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाइएको र माछा पशु क्वारेनटाइन कार्यालयको बायोलोजिक पिठमा नष्ट गरेको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित:
2020/12/02, 7:35