सुदूरपश्चिम प्रदेशमा आज थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल डोटी र कमल बजार नगरपालिकाको  प्रयोगशालामा २ सय जनाको परीक्षण गर्दा थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय १० जनाको परीक्षण गर्दा ४२ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा ३४ जनाको परीक्षण गर्दा १६ जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ३४ र जिल्ला अस्पताल डोटी प्रयोगशालामा २७ जनाको परीक्षण गर्दा ५र५ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।  

आज धनगढी उपमहानगरपालिकाका २४ जनामा सङ्क्रमण देखिएको छ ।  गोदावरी नगरपालिकाका ८ जना, गोरीगंगा नगरपालिका र ठेगाना नखुलेका १र१ जनामा समेत कोराना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकाका २र२ जना, बेलौरी नगरपालिकाका १ जना र बाजुराको बुढीगंगा नगरपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

 

प्रकाशित:
2020/12/02, 8:57