कैलालीको गोदावरीमा  बिहेको गाडी खस्यो, दुलाहा दुलही सहित १३ जना घाइते

Accident
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको गोदावरीमा गए राती बिहेको गाडी खस्दा १३ जना घाइते भएका छन् ।

बैतडीको दोगडा केदारबाट दुलही ल्याएर कञ्चनपुरको बेलौरी फर्कँदै गरेको सु.प.प्र ०१००१ ज १२५४ नम्बरको विङगर  गोदावरीको गाइ मारामा दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

घाइते ३ जनाको माया मेट्रो अस्पताल धनगढी र १० जनाको अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । ३ वर्षीय बालक प्रदिन चौधरिलाई आइसियुमा राखिएको छ ।

दुलाहा गोविन्द लुहार र दुलही डम्बरा लुहारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थल गोदावरी बजारबाट १५ किलोमिटर उत्तरमा पर्दछ । विङगर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  प्रहरीले घटना लगत्तै उद्धार गरी घाइते लाई अस्पताल पुर्‍याएको थियो । 

प्रकाशित:
2020/12/03, 7:06