धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना सङ्क्रमण

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ९१ जनाको परीक्षण गर्दा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आज धनगढी उपमहानगरपालिकाका ८ जनामा सङ्क्रमण देखिएको छ ।

गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुला र बैतडीका १र१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/12/03, 3:28