धनगढी विमानस्थलमा जहाजको ढोका नखुलेपछि....

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–काठमाडौँ बाट उडेको श्री एयरलाइन्सको जहाज धनगढी विमानस्थलमा  बिहान ९ बजे २३ मिनेटमा अवतरण भयो ।

यात्रुहरू झर्नका लागी बेल्ट खोलेर तम्तयार भए । तर एकाएक ढोका खुलेन ।  ७० जना यात्रु करिब १० मिनेट भित्रै थुनिए ।  

पछि उनीहरूलाई  सर्भिस ढोकामार्फत १० मिनेटपछि निकालिएको  विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।

प्राविधिक कारण ढोका नखुलेको  र पछि मर्मत मर्मत गरेपछि  ढोका खुलेको उनले बताए । ढोका नखुलेका कारण जहाज झन्डै आधा घण्टा ढिलो गरी काठमाडौँ फर्किएको थियो । गत वर्ष पनि श्री एयरलाइन्सकै एउटा जहाजमा यस्तै समस्या देखिएको भन्दै विमानस्थलका  बुढथापाले  यो सामान्य समस्या भएको बताए । 

प्रकाशित:
2020/12/03, 3:43