कञ्चनपुरमा भारतबाट ल्याइएको ४ लाख वढीकोे अवैध सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा भारतबाट भन्सार छलेर ल्याइएको ४ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बिहीबार बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरी बाट प्रहरी नायब उपरीक्षक दीपक कुँवरको कमान्डमा खटिएको सीमा तथा मोबाइल गस्ती टोलीले कञ्चनपुरको भिमदत्त नगर पालिकाको ऐरी घाट र बेलौरी नगर पालिकाको सडक घाट सीमा इलाका बाट ४ लाख २ हजार ३ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।  

प्रहरीले मोटरसाईलक सहित तयारी कपडाहरू साडी, लुङ्गी, घुम्टी, धोती, थान कपडा र माछा बरामद गरेको थियो ।

बरामद गरिएको सामान भन्सार कार्यालय गड्डाचौकी बुझाइएको र माछा पशु क्वारेनटाइन कार्यालयको बायोलोजिक पिठमा नष्ट गरिएको नं.३५ गण हेड क्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए । 

 

प्रकाशित:
2020/12/03, 9:50