धनगढी उपमहानगरपालिका–३ का वडा सचिव भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि,कार्यालय शिल

deepak
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उपमहानगरपालिका वडा नं. ३ का वडा सचिव दीपक भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिन देखि लगातार ज्वरो आइरहेको र सेती प्रादेशिक  अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा बिहीबार कोरोना पोजेटिभ देखिएको भण्डारीले बताए ।

उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।  कोरोना महामारीमा  उनी कार्यालयमा अहोरात्र खटिएका थिए ।

पछिल्लो समय कार्यालयमा सेवाग्राहीको भिड वढदै गएका कारण सेवाग्राहीबाटै आफूलाई सङ्क्रमण भएको हुनसक्ने भण्डारीले बताए ।

वडा सचिव भण्डारीलाई सङ्क्रमण देखिएपछि वडा कार्यालय मंसिर २६ गते सम्मका लागी शिल गरिएको छ । 

प्रकाशित:
2020/12/03, 10:07