कोरोना सङ्क्रमणका कारण धनगढीमा उपचाररत दुई जनाको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणका कारण धनगढीमा उपचाररत दुई जनाको शनिवार मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।

सेती सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको आज बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

कडा खालको निमोनिया देखिएपछि मंसिर १६ गते उनी अस्पताल भर्ना भएका थिए । उनी सुगरका समेत बिरामी थिए । 

यस्तै प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बङ्क का ५८ वर्षीय सङ्क्रमितको मृत्यु भएको छ ।

 असोज १५ गतेदेखि उपचार गराइरहेका  उनको शनिवार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ। 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१  पुगेको सामाजिक मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह काकीले जानकारी दिए । 

प्रकाशित:
2020/12/05, 8:09