कैलालीको चौमाला नजिक माल बाहक ट्रक पल्टियो

Accident
राजमार्गमा पल्टिएको ट्रक

धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमाला नजिक शनिवार माल बाहक ट्रक पल्टिएको छ । पूर्व बाट सिमेन्ट बोकेर आइरहेको ना ६ ख ८४७ नम्बरको  ट्रक सडकबाट तल खसेको हो । दुर्घटनामा चालक नैन सिंह वोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ट्रकमा क्षति पुगेको छ । तीव्र गतिमा गुडिरहेको ट्रक अनियन्त्रित भई पल्टिएको चालकले बताएका छन् । 

प्रकाशित:
2020/12/05, 9:59