कैलालीको चौमालामा गुडदै गरेको गाडीमा अचानक आगजनी

Accident
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमालामा शनिवार गुडदै गरेको यात्रुबाहक गाडीमा अचानक आगजनी भएको छ । नेपालगन्जबाट महेन्द्रनगर आउँदै गरेको भे १ ज ९६४ नम्बरको विङगरमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडीमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी र स्थानीयले केही बेरमा आगो नियन्त्रणमा लिएका थिए । 

प्रकाशित:
2020/12/05, 10:25