धनगढी जेसिजको अध्यक्षमा कमल पनेरु निर्वाचित

jcj
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा प्रतिदन्दी सुरज गिरि लाई पराजित गर्दै  पनेरु अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यसै गरी कार्यकारी उपाध्यक्षमा मोहन राज ओझा र लोकराज भट्ट निर्वाचित भएका छन् । उपाध्यक्षमा पदम सिंह बलायर, दीपक बम योगेन्द्र,गणेश शाही, भरत जोशी निर्वाचित भए ।

महासचिवमा अरुण सिंह, कोषाध्यक्षमा तर्कराज भट्ट र कानुन सल्लाहकारमा मुकुन्द सिंह निर्वाचित भएका छन् ।

 

प्रकाशित:
2020/12/06, 8:36