कैलालीको गेटामा भयानक दुर्घटना,२ जना गम्भीर घाइते

Accident
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटामा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।

अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल गेटाको खाद्य गोदाम नजिकै ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा सु.प.प्र. ०१ ००८ प ५०२८ नम्बरको मोटरसाइकलका चालक गोदावरी–५ बस्ने मोहन भट्ट र म २ प ४७४८ नम्बरका चालक भिमदत्त नगरपालिका ८ कञ्चनपुरका २७ वर्षीय अनमोल भट्ट घाइते भएको उनले बताए ।

दुवै जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । 

मोहनको टाउकोमा गम्भीर चोट लागेको उनलाई थप उपचारका लागी काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2020/12/06, 12:52