१ हजार ९६ जना कोरोना संक्रमित थपिए, २४ घण्टामा १७ जनाको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।  

देशभरी सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा १ हजार ७५२ कोरोनामुक्त, १७ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।

प्रकाशित:
2020/12/06, 8:24