धनगढी बिशालनगर रहेको रिङ रोडमा भयानक दुर्घटना,युवतीको अवस्था गम्भीर

Accident
सुदूर प्रेस संवाददाता

 

धनगढी–धनगढी–३ मा रहेको बिशालनगर रहेको रिङ रोडमा  आज बिहान भयानक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते छ ।  घाइते मध्ये एक युवतीको अवस्था गम्भीर छ । उनको टाउको फुटेको छ । उनलाई घटनास्थलबाट सेती अस्पताल पु¥याइएको छ ।   ट्र्याकटर सँग मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए । घाइतेहरुको पहिचान खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

No description available.

प्रकाशित:
2020/12/07, 9:11