कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि प्रदेश सभा सदस्य पन्त अस्पताल भर्ना

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।

मंसिर १२ गतेदेखि रुगाखोकी र ज्वरो आउने समस्या भएपछि पिसिआर परीक्षण गर्दा १८ गते उनमा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या थपिँदै गएपछि  आइतबार पन्त काठमाडौँस्थित हेम्स अस्पताल भर्ना भएका हुन् ।

सङ्क्रमण पछि उनमा श्वासप्रश्वासमा समस्या थियो । हाल अस्पतालमा उनलाई अक्सिजन दिएर राखिएको र पहिले भन्दा अवस्था सुधार हुँदै गएको पन्तले बताए । 

 

प्रकाशित:
2020/12/07, 11:01