धनगढी रिङ रोडमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

धनगढी –धनगढी उप–महानगरपालिका वडा नम्बर– ३ स्थित धनगढी रिङ रोडमा सोमबार ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको  छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी  १७ वर्षीया युवती मनीषा श्रीमालको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको  छ । 

सोमबार भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमाल घाइते भएकी थिइन् । 

धनगढी–३ बस्ने ३० वर्षीय ट्याक्टर चालक सञ्जीव रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2020/12/08, 7:46