सुदूरपश्चिम प्रदेशमा मंगलबार  थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा मंगलबार  थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र कमल बजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनाको परीक्षण गर्दा थप ५९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

उनका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७९ जनाको नमुना परीक्षण गर्दा ४२ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा ५८ जनाको नमुना परीक्षण गर्दा ७ जना, डडेलधुरा अस्पताल प्रयोगशालामा ५२ जनाको नमुना परीक्षण गर्दा २ जना र जिल्ला अस्पताल बैतडीमा ३७ जनाको नमुना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

 धनगढी उप–महानगरपालिकाका थप ४ जनामा सङ्क्रमण देखिएको छ । 

कैलालीकै लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३र३ जना, भजनी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १र१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लाल झाडी गाउँपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ।

त्यसै गरी बाजुराको बुढी नन्दा नगरपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ८ सय ७५ पुगेको छ। प्रदेशभर सङ्क्रमण पुष्टि भएका ९ हजार ६ सय ६३ जनाले कोरोना जितेका छन् भने ४२ जनाको मृत्यु भएको छ।

प्रकाशित:
2020/12/08, 7:39