कैलालीको गौरीगंगामा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

Death
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ मा पर्ने कुचैनीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् । 

बिहीबार से१प५५७८ र से ६प ३७११ को मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनले बताए । 

दुर्घटनामा परी घाइते भएका सोही मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको छ। 

अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–१५ का हुकुमसिंह खत्री र पछाडि सवार लिलु चौधरीको पनि घाइते भएका छन्। 

उनीहरूको धनगढीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

प्रकाशित:
2020/12/10, 9:01